
प्रेस क्लब अफ सिक्किमको प्रारम्भ र केही गतिविधिहरू
-विजय बान्तवा
सन् 1975मा भारत परिसंघमा सिक्किम विलय भएपछि यहाँबाट प्रारम्भको दशकदेखि नै समाचार-पत्रहरूको प्रकाशन् आरम्भ भएको थियो।यसभन्दा अघि सन् 1957 को दशकमा साहित्यिक तथा समाचार पत्रिका श्री काशीराज प्रधानको सम्पादनमा कञ्जन्जङ्गा साथै श्री कैजरबहादुर थापाको गान्तोक पत्रिकाको प्रकाशन भएको थिय़ो।सन् 1980को दशकतिर नै यहाँ कार्यरत् पत्रकारहरू एकत्र भएर गान्तोक प्रेस क्लबको गठन गरेका थिए भने पछिबाट कैयन् पत्रकारितासित सम्बन्धित संगठनहरू गठन भए, जसमा सिक्किम प्रेस एसोसिएसन्- सन् 1985, सिक्किम जर्नालिस्ट एसोसिएसन्, महिला पत्रकार संघ लगायत राष्ट्रीय संगठनसित मिलेर कार्य गर्ने संस्थाहरूमा भारतीय लघु तथा मध्यम् समाचार पत्र परिसंघ तथा फेडेरेसन अफ नर्थ इस्ट सामेल छन्।
यी सबै संस्थाहरूलाई एकक्षत्रमा सामेल गराउनका लागि सन् 2000 को अघिदेखि नै पहल भइरहेको थियो, फलस्वरुप सबै संगठनहरूलाई एख बनाई पत्रकारहरूका हित र पत्रकारिताको विकासलाई अघि बढाउन मार्च 15, 2002 को दिन सिक्किम सरकारी कर्मचारी आवासमा स्व.श्री सी.डी. राईको अध्यक्षतामा एक बैठक आय़ोजन गरी सिक्किम मिडिया समन्वय समितिको गठन गरिएखो थियो, जसमा श्री सी.डी. राई, श्री सुवास दीपक, श्री विजय बान्तवा,श्री समीरण छेत्री, श्री किशोर मोक्ता, श्री प्रणय लामिछाने, श्री खगेन्द्रमणि प्रधान, श्रीजोसेफ लेप्चा तथा मिलन कटुवालको उपस्थिति थियो। पछिबाट यहीं समितिलाई प्रेस क्लब अफ सिक्किममा परिणय गरियो तथा अप्रेल 15, 2000 मा समितिले श्री सी.डी.राईलाई तदर्थ समितिको अध्यक्ष चुन्यो भने कार्यकारी अध्यक्षमा श्री अशोक च्याटर्जी, उपाध्यक्षमा श्रीमती सन्तोष निराश, श्री सी.के. दोर्जी, महासचिवको पद्मा श्री विजय बान्तवा, कोषाध्यक्षको पदमा श्री किशोर मोक्तान, प्रचार सचिव श्री सुवास दीपक, श्री कमल मुखिया आदिलाई चुनी 8 जना कार्यकारी सदस्यहरूको पनि चयन गरियो।
सूचना तथा जन सम्पर्क विभाग, सिक्किम सरकारको विशेष सहयोगमा प्रेस क्लब अफ सिक्किमको विधिवत् उद्घाटन राज्यका राज्यका तत्कालोलीन मुख्यमन्त्री पवन चामलिङद्वारा 17 जुलाई 2002को दिन गरेपछि नाम नाममा पहिलो प्रेस क्लबको कार्यालय भाडाको घरमा प्रारम्भ भएको थियो।यसरी क्लबको कार्यालय स्थापित भएपछि क्लबमा सदस्यहरू विधिवत रुपमा प्रवेश हुनु थाले तथा 2004सम्म जम्मा 48 जना सदस्यहरू भइसकेका थिए।
तदर्थ समितिकै देखरेखमा कार्यकारी अध्यक्ष र महासचिव विजय बान्तवाको तत्परतामा संविधान पनि तयार भयो तथा क्लबको तदर्थ समितिको मियाद 6 महिना पुग्न लागेकोले सन् 2002को अक्टुबर महिनाको पहिलो सप्ताहमा नै आम सभा डाकी नयॉं कार्यकारिणीको चुनाउ गरिने निर्णय लिइयो। सो बैठकमा संविधान तयार भइसकेको भए पनि सरकारी तौरमा क्लबको पञ्जीकरण नभएकोले तथा कानूनी तौरमा कतिपय कार्यहरू निष्पादन गर्नु पर्ने कठिनाईहरू पनि देखा परेकोले संस्थाका अध्यक्ष श्री सी.डी. राईले आम बैठकमा नै एक प्रस्ताव लिएर यहीं तदर्थ समितिलाई नै नयॉं कार्यकारी समितिमा सामेल गरी चुनाउको औपचारिकता पूर्ण गर्ने आग्रह गरेका थिए, जसलाई उपस्थित सबै सदस्यहरूले निर्विरोध पारित गरे, फलस्वरुप सो प्रारम्भकि कार्यकारी समिति पूर्णरुपले सञ्चालन भएको थियो।
महासचिवको विशेष प्रयास र कानून विभागमा लगातार संविधानको बुँदा बुँदा केलाएर संशोधन गरिने कार्य सचिवदेखि कानून अधिकारीहरूसित बसेर धेरै चरणमा बैठकहरू भए र अन्तमा महासचिव विजय बान्तवाक्कै लगातार प्रयासमा सिक्किम सरकारबाट 4 जून 2003 को दिन क्लबको पञ्जीकरण पनि विधिपूर्वक भयो, जसको संख्या छ : 1366 (Regd. No. 1366/ Vol.I)
क्लबको गतिविधिमा धेरैवटा सेमिनार, भेटघाट कार्यक्रमहरू आयोजन गरिएको थियो।27 जुलाई 2002मा पश्चिम बंगालका नगर उन्नयन मन्त्री श्री अशोक भट्टाचार्जीलाई क्लबमा विशेष स्वागत जनाइयो तथा दार्जीलिङ र सिक्किमको संबन्धलाई लिएर विविध प्रश्नहरू राखियो।उनले क्लब र पत्रकारहरूलाई अनेक सुझाउहरू पनि राखे। हाम्रो प्रजाशक्तिका सम्पादक श्री अन्जान उपाध्यायले सो आयोजनामा विशेष समन्वयता गरेका थिए।
7 अक्टुबर 2002को दिन प्रेस क्लब अफ सिक्किमका एक प्रतिनिधि मण्डलले नयॉं दिल्लीबाट त्तत्कालीन आर्थिक सल्लाहकार डा. महेन्द्र पी.लामासित गान्तोक भ्रमणमा आएका पत्रकारहरू हिन्दुका सम्पादक डा. राजा मोहन, टाइम्स् अफ इण्डियाका एडिट पेज एडिटर सुश्री ललिता रानीकर, हिन्दुस्थान टाइम्स्का ब्यूरो चिफ श्री बिनोद शर्मा, इन्डिन एक्स्प्रेसका मुख्य सम्वाददाता सुश्री ज्योति मालहोत्रा, स्तम्भकार जेनेरल अशोक मेहतासित वार्तालाभ गरे तथा सिक्किमलाई कसरी राष्ट्रीय समाचार माध्यममा अधिकभन्दा अधिक प्रकाशमा ल्याइनु सकिन्छ भन्ने विषयमा वार्तालाभ गरे।राष्ट्रीय माध्यमका पत्रकारहरूले प्रेस काउन्सिल अफ इण्डियासित पनि प्रेस क्लब अफ सिक्किमले तादात्मयता बनाउने तथा सिक्किमको सही तथ्यबारे एउटा वेभ साइट पनि प्रारम्भ गर्ने सुझाउ दिए।
3 अक्टुबर 2002को दिन सिक्किमबाट स्थानान्तर भएर गोवामा गइरहनु भएका सिक्किमका तत्कालीन राज्यपाल श्री केदारनाथ साहनीलाई क्लबमा डाकेर विशेष कार्यक्रमको आयोजना गरिएको थियो, तथा उनलाई विदाई दिइने कार्यक्रम सम्पन्न भएको थियो।उनले पनि सिक्किमका पत्रकारहरूलाई उल्लेखनीय सुझावहरू पेश गरेका थिए।9 अक्टोबर 2002को दिन गुवाहटी प्रेस क्लबका जम्मा 18 जना पत्रकारहरूले क्लबमा भेट गरी यहॉंका कार्यकारी एवं अन्य सदस्यहरूसित भेटघाट गरे तथा आपसी हितका विषयमा चर्चा गरे।गुवाहटी प्रेस क्लबका सचिव श्री नव ठाकुरियाले पत्रकारिताबारे आफ्नो अनुभवहरू पेश गरे।
29 अक्टोबर 2003को दिन सिक्किमका नयॉं राज्यपाल श्री भी.रामारावोलाई प्रेस क्लब अफ सिक्किममा भव्य स्वागत जनाइएको थियो।क्लबमा श्री रावोले सिक्किमले विविध क्षेत्रमा विकास गर्नु सक्ने क्षमता भएको कुरोको उल्लेख गर्दै पत्रकारहरूको सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरोमा जोर दिएका थिए।25 नवम्बर 2002मा प्रेस क्लब अफ कोलकताका जम्मा 23 जना पत्रकारहरूले प्रेस क्लब अफ सिक्किमका कार्यकारी सदस्यहरूसित भेट गरे तथा आपसी हितका कैयन् वार्तालाभहरू गरे।प्रेस क्लब अफ कलकताका अध्यक्ष श्री स्वपन कुमार मुखर्जीले कोलकत्तामा सिक्किमका नवीन पत्रकारहरूलाई भ्रमण गराउने तथा संगोष्ठी गराउने प्रस्ताव पनि राखे, जुन सदस्यहरूले सहर्ष स्वीकार गरे।
प्रेस एसोसिएसन अफ दार्जीलिङ, प्याडले श्री सी.डी.राईलाई रजद् कलम पुरस्कार सम्मान प्रदान गरेकोले दिसम्बर 2002को ठिहीमा पनि प्रेस क्लबका जम्मा 12 जना सदस्यहरू सो कार्यक्रममा भाग लिनु घर खरसाङमा उपस्थित भए।29 दिसम्बर 2002मा आयोजित सो समारोहमा दार्जीलिङ,खरसाङ, मिरिक आदिका पत्रकारहरूसित पनि सिक्किमका पत्रकारहरूमाझ भेटवार्ता एवं आपसी हितका विषयमा चर्चा परिचर्चा पनि भयो।
ठण्डाकै मौसम भएपनि 30 जनवरी 2003को दिन मिजौरामका एक दल पत्रकारहरू प्रेस क्लब अफ सिक्किममा भ्रमण गरे तथा मिजौरामको पत्रकारहरूको अनुभव र त्यहॉंको पत्रकारिताको विकास, सदस्यहरूको एकता बारे मिजौराम पत्रकार संघका अध्यक्षले बताए।
8 मार्च, 2003को दिन वर्तमान अवस्थामा पत्रकारिताको भूमिकाबारे संगोष्ठीको आयोजन गरिएको थियो, जसमा पूर्व मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार श्री बी.बी. गुरुङ मुख्य अतिथि थिए।संगोष्ठीमा श्री विजय बान्तवा, श्रीमती सन्तोष निराश, श्री अशोक च्याटर्जी, पीटीआई सम्वाददाता श्री शंखर घोष आदिले आ-आफ्नो वक्तव्य पेश गरे। सो अवसरमा श्रीमती निराशलाई अन्तर्राष्ट्रीय नारी दिवसको अवसरमा उपहार एवं खादा अर्पण गरी मुख्य अतिथिको बाहुलीबाट सम्मान जनाइयो।सो अवसरमा गान्तोकबाट शिलङ प्रस्थान भइरहेका पीटीआइ सम्वाददाता श्री घोषलाई पनि क्लबद्वार विदाई समारोह आयोजन गरिएको थियो।
30 अगस्त 2003को दिन सूचना तथा जन-सम्पर्क विभागका सचिव श्री विजय भूषण पाठकलाई क्लबको कार्यालयमा स्वागत जनाइयो।सो अवसरमा सिक्किमका प्रेसहरूले भोग्न परिरहेका समस्याहरू र विभाग र पत्रकारमाझ कसरी असल तालमेल बनाउनु सकिन्छ तथा समाचार र सूचनालाई सही ढंगमा पाठकहरूसमक्ष पुराइनु सकिन्छ भन्ने विषयमा चर्चा भयो। क्लबद्वार पेश गरिएका जम्मा 12 सूत्री मागहरू पनि पेश गरियो।श्री पाठकले खुल्ला बहसमा भाग लिए तथा सबै सदस्यहरूको उत्तर चित्तबुझ्दो शैलीमा दिए तथा आपसी सम्बन्ध कायम राख्ने दिशामा जोर दिए अनि सबै मागहरूलाई अध्ययन गरी [लबकै सुझाउ अनुसार अघि बढ़ने कुरो राखे।
14 फरवरी 2004को दिन प्रेस [लब अफ सिक्किमको कार्यालमा चुनाउको समयमा मिडियाको भूमिकामाथि एक संगोष्ठी आयोजना गरिएको थियो, जसमा श्री अशोक च्याटर्जी, श्री सी.के.दोर्जी, श्री सुवास दीपक, श्री विजय बान्तवाले वार्ता पेश गरे भने प्रेस एसोसिएसन अफ दार्जीलिङ, याडका अध्यक्ष श्री सुरेन्द्र पोद्दार समारोहका अतिथि थिए।समारोहमा श्री पोद्दार, हिन्दुस्थान टाइम्स्का काठमाढ़ौ स्थित विशेष सम्वाददाता श्री केशव प्रधान, श्री सी.डी.राईले पनि वक्तव्य पेश गरेका थिए तथा याड र [लबले आपसी हितका विषयमा तीन प्रस्तावमा संयुक्त हस्ताक्षर गरे।प्रेस एसोसिएसन् अफ दार्जीलिङ प्याडका कार्यकर्ता एवं टोलीहरूलाई पनि सम्मान जनाइएको थियो।अहिलेसम्म प्रेस क्लबका कतिपय सामानहरू जोहो गरिने कार्यमा क्लबले कार्य चालिसकेको छ। सो अवधिमा श्री केशव प्रधानले राष्ट्रीय एवं अन्तर्राष्ट्रीय स्तरमा पत्रकारितकाको के स्थिति, प्रवृति छ र सिक्किमका पत्रकारहरूको अघि नथुला व्यापार मार्ग खोलिने भए पछि के भूमिका छ, सो बारे प्रकाश पारे तथा सदस्यहरूसित उत्साहजनक अन्तर्क्रिया पनि गरे।
यसका साथै मासिक भेला अन्तर्गत् मासिक शीर्षक ऋंखला वा टपिक् अफ द मोन्थ प्रारम्भ जसमा पत्रकारिता बारे चर्चा -परिचर्चा महिनैपछि आयोजन गरिन्छ, सो कार्यक्रमको पनि थाल्नी गरिएको थियो। यसका साथै मार्च महिनादेखि मासिक साहित्यिककार्यक्रम सृजनशील साहित्य संगमको पनि शुरू गरिसकिएको थियो जुन केही महिनासम्म सञ्चालन भयो।नयॉं दिल्लीको संसद् भवन परिसरमा शहिद दुर्गा मल्लको शालिग निर्माणका निम्ति पनि क्लबले अनुदान दिने काम त्यसबेला गरिएको थियो।
यसका साथै प्रेस क्लबद्वारा नै प्रायोजित कार्यक्रम सृजनशील साहित्य संगमले कार्यक्रमको आयोजना 27 जून 2004मा गरिएको थियो, जसमा गोष्ठीमा पूर्व सांसद् श्री नकुल राई प्रमुख अतिथि थिए, जसलाई पत्रकार एवं लेखकहरूको पक्षमा केन्द्र सरकारसम्झ माग-पत्र पनि पेश गरिएको थियो भने सोही कार्यक्रममा श्रीमती बिन्ध्या सुब्बा, श्री सुवास दीपक र श्री नकुल राईलाई पनि अभिनन्दन गरियो।
सूचना तथा जन सम्पर्कका सचिव श्री गिर्मी गोपर्मा लगायत अन्य अधिकारीहरूलाई निमन्त्रणा गरी पीत पत्रकारितामाशथि पनि संगोष्ठीको आयोजना गरिएको थियो।यसमा सचिव श्री गिर्मी गोपर्मा, निर्देशक श्री सी.पी. देवान, श्री सी.डी0 राई, श्री सी.के.दोर्जी, श्री सुवास दीपक, श्रीमती सन्तोष निराश, श्री विजय बान्तवा, श्री किशोर मोक्तान तथा श्री साम्सोन गुरुङले आ-आफ्ना कार्य-पत्र पेश गरे तथा मन्तव्यहरू पोखे।सो कार्यक्रममा स्थानीय पत्रकार सदस्यहरूले पनि अन्तर्क्रियामा भाग लिए।यसरी नै गत 13,14, 15 अनि 16 जुलाईमा भानुजयन्ती र सिक्किम सम्मान सम्मिलनलाई लिएर दैनिक बुलेटिन सिक्किम न्यूज सो अवसरका निमित्त प्रेस क्लबले नेपाली र अंग्रेजीमा प्रकाशित गरेको छ।यो कामले हाम्रो सदस्यहरूको एकता देखाएको छ।सो कार्य निष्पादन गर्नको लागि अध्यक्ष एवं महासचिव लगायत सुवास दीपक, किशोर मोक्तान, सारिका आत्रेय़, खगेन्द्रमणि प्रधान, प्रणय लामिछाने, जीवन कटुवाल आदिले विशेष योगदान दिएका थिए। यसका साथै प्रारम्भ कालमा धेरैवटा कार्य एवं संगोष्ठी गर्न प्रेस क्लब सिक्किम सक्षम बनेका थियो।अहिलेको यो स्थितिसम्म आइपुग्नुको लागि प्रारम्भमा सबै संस्थापकहरूले गरेको योगदानको क्लबका भावी पिंढीले स्मरण गर्दै सकारात्मक दिशामा पाइला चालेको अति उत्तम हुनेछ। !
प्रेस क्लब अफ सिक्किमले 2003 मा विभागलाई राखेका मागहरू
प्रेस क्लब अफ सिक्किमका सम्पूर्ण सदस्यहरूको पक्षमा गत मिती 30 अगस्त 2003को दिन सूचना तथा जन-सम्पर्क विभाग, सिक्किम सरकारका पूर्व सचिव महोदय श्री विजयभूषण पाठक तथा पूर्व निर्देशक श्री सी.पी.देवान तथा अन्य वरिष्ठ अधिकारीमाझ भएको विशेष बैठकमा निम्न विषयहरूलाई यहॉं प्रकाश पारेको थियो, जो फेरि विभागका नयॉं सचिव श्री गिर्मी गोपर्मा समक्ष अघि बढ़ाउनु हेतु तथा सन्दर्भका निम्ति फेरि 14 जून 2004को दिन फेरि पेश गरिएको थियो ती हुन्:
1. विभागले विज्ञापन र पत्रकारितासम्बन्धि जति पनि नीति निर्धारण गरी अधिसूचना जारी गर्दछ, [योभन्दा अघि सिक्किम प्रेस एक्रीडिटेसन कमिटि, पञ्जीकृत प्रेस संगठनहरूसित छलफल गरेर मात्र अधिसूचना जारी गरेको असल हुनेछ, यो नै प्रजातान्त्रिक प्रक्रिया पनि हो।केन्द्र सरकारले पनि यो कुरालाई मानिलिएको छ।हाम्रा राष्ट्रीय संगठनहरूले त्यहॉं प्रतिनिधि गरेका हुन्छन्, जसका हामी कति सदस्य पनि हौं।उदाहरणको निम्ति सन् 1990मा अधिसूचना जारी गर्नु अघि संस्था एवं पत्रकारहरूलाई [यसको ड्राफ्ट वा मसौदा पठाइएको थियो अनि अन्तमा सबै पत्रकारहरूलाई विभागलाई बोलाएर बैठक गरेको थियो अनि मात्र छलफल र सहमति पछि अधिसूचना जारी गरिएको थियो।पछि गृह विभागबाट गजेट नोटिफिकेसन पनि जारी गरिएको थियो।
2. यसै नोटिफिकेसन ढूए1908ह्नझ्तदह्न90-12(1)मा स्पष्ट जनाइएको छ कि प्र[येक अवसरमा प्र[येक समाचार-पत्रलाई चारवटा विज्ञापन प्रदान गरिन्छ, तर [यो नोटिफिकेसनको धारालाई अहिले मानिलिइएको छैन अनि नयॉं नोटिफिकेसन निकाल्दा यसबारे पत्रकारहरू र संस्थासित कुनै बैठक भएको छैन।अर्थात् विज्ञापन अहिले एउटा मात्र दिइने निर्णय चाहिँ एकतर्फे (ण्ुज्ञ् र्क्ष्ज्ञ्क्ष्)िनिर्णय मात्र भएको छ।प्रजातान्त्रिक प्रक्रियालाई यहॉं ल्याइएको छैन।
3. सन् 1997को 18 सेटेम्बरमा एउटा अधिसूचना जारी गरी सातवटा राष्ट्रीय एवं राज्यको विशेष पर्व र अवसरमा विज्ञापन दिइने गरिएको छ, ती हुन्: गणतन्त्र दिवस, स्वाधीनता दिवस, राज्य दिवस, सत्ताधारी दलको सरकार गठन दिवस, भानु जयन्ती, पाङल्हाब्सोल, गॉंधी जयन्ती आदि, तर राज्यमा अरू पनि महत्त्वपूर्ण पर्वहरू मनाइने भएकोले तथा अन्य सम्प्रदायका पर्वहरूलाई पनि राम्ररी प्रकाश पारेर धार्मिक, साम्प्रदायिक एकता र सन्तुलन बनाइराख्नु मिडिया एवं समाचार-पत्रको ठूलो भूमिका हुनाले लोसोङ वा लोसार, सागादाव, टेन्डोङ ल्होरामफाट्, साकेवा, श्रीजंगा तोङनाम आदि अवसरहरूमा पनि विज्ञापन जारी गरिनु आवश्यक छ, तथा डिस्ले एड्भर्टाइज्मेन्ट दिइने अवसरमा पनि वृद्धि गरिनु आवश्यक भएको छ।
4. विज्ञापन वृद्धि गर्दा निश्चय कोषको वृद्धि पनि गर्नु पर्ने हुन्छ, तर यहॉं महत्त्वपूर्ण कुरा के छ भने स्थानीय तथा राष्ट्रीय समाचार-पत्रलाई भिन्न भिन्न कोष निर्धारित नभएर कोष एउटै हेडबाट खर्च भएकोले स्थानीय समाचार-पत्रहरूलाई असर गरेको छ।यो राशि सरकारले स्थानीय र राष्ट्रीयको लागि अलग्गै छुट्टाएर मञ्जुरी गर्नु उचित छ।विगतको अनुभव अनुसार स्थानीयभन्दा पनि बाहिरका राष्ट्रीय माध्यमहरूलाई धेरै राशि भु[तान गरेकोले स्थानीय समाचार माध्यमहरूलाई मर्का पर्न गएको छ।
5. विभागबाट निस्कने जति पनि महत्त्वपूर्ण नोटिफिकेसन गृह विभागबाट गजेट नोटिफिकेसनको रूपमा निस्कनु जरुरी छ तथा त्यसका प्रतिहरू पत्रकारहरू एवं संस्थालाई त[कालै उपलब्ध हुनुपर्छ।
6. डिस्ले बाहेक क्लासिफाइट विज्ञापन पनि अब उसो सबै नियमित समाचार-पत्रहरूलाई सराबरी विभागका निर्देशक महोदयको निगरानीमा वितरण हुनुपर्नेछ।यसमा न्यायोचित ढंगले समानुपात दरले वितरण गरिएको हुनुपर्छ।
7. वितरण वा सर्कुलेसन सम्बन्धी केन्द्र सरकारकै डी.ए.भी.पी.को पुरानो र नयॉं नियममा 2000 भन्दा कम सर्कुलेसन भएकालाई चार्टर्ड एकाउण्टाण्डको प्रमाण-पत्र आवश्यक छैन भने विभागले यहीं मापदण्डलाई अपनाएको असल र सबैको हितमा हुनेछ।कारण सिक्किममा मात्र 5 लाख जनसंख्या छ, यो दुर्गम पहाड़ी इलाका,जनजाति तथा पछौटेवर्गका मानिसहरू भएको सीमानाको राज्य हो।[यसैले पाठकहरूको संख्यामा कमी हुनु आएको हो।अरू ठूलो राज्यको तुलना गरेर सिक्किमको समाचार-पत्रको सर्कुलेसन फिगर बनाउँदा पनि अन्याय हुनेछ।
यसैले विभागलाई सी.ए.को प्रमाण पत्र होइन तर अन्य दस्तावेज जस्तै ग्राहकहरूको सूची, क्षेत्रगत वितरण साथै 2000भन्दा कम प्रति भएको आफ्नो दाबी-पत्र भने विभागलाई जारी गर्नु पर्छ।
यसको अर्थ यो होइन कि सिक्किममा समाचार-पत्रको वितरण संख्या बढ़ने दिशामा पत्रकारहरू र संस्थाले सरोकार राख्नु पर्ने छैन। आफ्नो समाचार-पत्रको विकास र वितरण बढ़ाउने सबैले नै जिम्मेवारी लिनुपर्छ अनि लिएका पनि कति छन्।
(8) राज्य सरकारले मान्यताप्राप्त पत्रकारहरूलाई विभिन्न सहुलियत दिएको कुरो प्रेस काउन्सिल अफ इण्डियाको एउटा प्रेस विज्ञप्तिमा जनाइएको छ, [यसरी नै 6 अगस्त 1984को नोटिफिकेसन संख्या 405मा पत्रकारहरूलाई दिइएको सुविधाबारे अधिसूचना जारी गरिएको छ।यी सबै बारे विभागले समीक्षा गरी यी विषयहरूमा गम्भीरतापूर्वक सोचेर कार्यान्वयन गर्नु आवश्यक छ।
(9) अब प्रेस क्लब र अफिस एकोमोडेसन लघु तथा मध्यम समाचार-पत्रहरूलाई दिनु पर्छ भनेर सिक्किमका पत्रकारहरूले मात्र अहिले आएर माग गरेको होइन, तर यो त केन्द्र सरकारको ए[सपर्ट कमिटीले नै सिफारिश गरेको कुरो हो, सन् 1992 र 1994मा केन्द्र सरकारको सूचना तथा प्रसारण मन्त्रालयबाट पत्रहरू पनि आएका छन्, यी प्रतिहरू [यतिबेला नै हामीलाई विभागले संस्थामार्फत उपलब्ध गराएको थियो, जसको प्रति यहॉं फेरि विभागलाई विचाराधीन चढ़ाइन्दैछ।
(10) केन्द्र सरकारले जर्नालिस्ट वेलफेयर फण्ड वा पत्रकार कल्याण कोषको निर्माण गरेको छ।राज्य सरकारले पनि [यस्तो कोष निर्माण गरेको असल हुनेछ।
(11) विभागहरूले विज्ञापनको बीलको भु[तान समयमा नै गरिदिए पत्रकारहरूले आफ्नो बहुमूल्य समय सृजना[मक क्रियाकलाप ( र्ग्ज्ञ्ष्ॅेज्ञ् ष्हॅेॅज्ञ्र्)िमा लगाउनु स[ने थियो।लघु समाचार माध्यमहरूले बेसी कर्मचारी राख्नु नस[ने भएकोले तथा विभागकहरूमा गएर खोज तलाश नगरेसम्म फाइल नचल्ने हुनाले तथा फाइल हराउने हुनाले अधिकांश पत्रकारहरू आज विभाग विभाग धाउन बाध्य छन्। यदि विभागले यी सबै कुराहरूलाई लिएर सबै विभागहरूबाट उचित सहयोगिता र समन्वय हासिल गरेर यो समाधान गरे वा सबै बीलहरूको भु[तान सूचना तथा जन सम्पर्क विभागले नै समयमा गरिदिए यी अनावश्यक विधिदेखि पत्रकारहरू बॉंचे थिए तथा सबै आफ्नै कार्यमा पूर्णरूपले संलग्न रहनु पाउने थिए।
(12) यहॉं ठूल्ठूला राष्ट्रीय समाचार पत्रहरूको मात्र होइन, स्थानीय तथा क्षेत्रीय लघु तथा मध्यम समाचार पत्रहरूको पनि सुरक्षा हुनु पर्छ।देशको राजधानी नयॉं दिल्लीमा यसबारे कैयन् अधिवेशन भएर केन्द्र सरकारले समेत लघु तथा मध्यम समाचार पत्रहरूलाई सुरक्षा गर्ने कदम चालेका छन्, जसमा सिक्किमका प्रतिनिधिहरूले पनि विगतमा धेरैपल्ट भाग लिएका छन्। अन्तमा हामी विभागलाई विज्ञापन र सहुलियत माग्ने मात्र होइन तर आफ्नो कर्तव्य र सेवालाई निष्ठापूर्वक पनि निभाउन चाहन्छौं अनि निभाइरहेको कुरामा विश्वास छौं भन्ने कुरामा आश्वस्त पार्न चाहन्छौं।विज्ञापन त सेकेण्डेरी वा दोस्रो प्राथमिकता मात्र हो।विज्ञापन नै नपाएर पनि आफ्नो सेवा गर्न पत्रकारहरू चुकेका हुँदैनन्।यहॉं धेरै पत्रकारहरूले राज्यमा पत्रकारिताकै माध्यमबाट सेवा गरेका छन्।आफ्नो समाचार-पत्रमा मात्र होइन, तर राष्ट्रीय समाचार-पत्रहरूमा समेत योगदान दिइसकेका छन्।इन्टर्नेटमा पनि यहॉंको गान्तोक टाइम्स् अंग्रेजी र हिमगिरि नेपाली पाइन्छन्। नेपाली पत्रकारिताको विकासको निम्ति यहॉंका अनुभवी पत्रकारहरूले लेखहरू लेखेका छन्, विभागले आयोजना गरेका कार्यशालाहरूमा कार्य-पत्रहरू पनि पेश गरेका छन् तथा भारतीय नेपाली भाषामा प्रथमपल्ट यसबारे यहॉंबाट पुस्तक पनि छापिएको छ।समय समयमा असल स्तरको रंगीन समाचार-पत्रहरूको पनि प्रकाशन पनि भइरहेका छन्।यी कुरा र योगदानहरूलाई पनि विभागले ध्यान दिनु जरुरी छ।यहॉंका वरिष्ठ पत्रकारहरूको सामाजिक तहमा, साहित्यिक तहमा पनि योगदानहरू रहेको छ।धेरैले तरक्की पनि गरेको छ, सम्मान पनि बाहिर र भित्रबाट पाएका छन्, राष्ट्रीय र क्षेत्रीय समाचार माध्यममा समेत उनीहरू संलग्न छन्।भर्खर बामे सर्दै गरेका सदस्यहरूबाट कति भूलचूकहरू भएका होलान्, तर प्रेस क्लबले उनीहरू सबैलाई आ-आफ्ना समाचारपत्रहरू विकास गरी अघि बढ़ने आग्रह गरेको छ, उनीहरूले गरेको भूलले सबैलाई एकै ठाउँमा मुछ्ने काम गर्नु हुँदैन।उनीहरूलाई पनि विस्तारै सही दिशामा लैजाने दिशामा संस्थाले साथै विभागले प्रेरणा दिनु आवश्यक छ।कसैले कानूनी तौरले विभागलाई झुटो विवरण पेश गरेको खण्डमा विभागले संस्थाहरूलाई सूचित गरेर कार्यवाही पनि गर्नसक्नेछन्।तर सही दिशामा पत्रकारिता गर्नेहरूलाई विभागले सही कदर पनि गर्न सकोस् भन्ने हाम्रो चाहना छ, किनभने पत्रकार राज्यको चौथो अंग हो भने पत्रकारको भूमिकालाई पनि सही अर्थमा मानिलिनु पर्नेछ।